काठमाडौं – संसदीय दलको नेतामा साझा उम्मेदवार बनाउन कांग्रेस इतर समूहका नेताहरूको बैठक बसिरहेको छ ।
संस्थापन इतरबाट महामन्त्री गगन थापाले संसदीय दलको नेतामा उम्मेदवारी दिने बताउँदै आएका छन् । त्यसैगरी, संस्थापन इतर खेमाको नेतृत्व गरिरहेका डा. शेखर कोइरालाले पनि संसदीय दलको नेतामा रूचि देखाएका छन् ।
संस्थापन इतरको साझा उम्मेदवार बनाउनका लागि शेखर कोइराला र गगन थापासहितको समूहको बैठक अहिले लैनचौरमा रहेको होटेल एम्बासडर’मा बसिरहेको छ । कांग्रेस संसदीय दलको निर्वाचन बुधबार हुँदै छ ।
दुवै उम्मेदवार बने समूहमा फाटो आउने र शक्ति क्षयीकरण हुने भय नेताहरूमा छ । त्यसकारण एकमात्र उमेदवार बनाउनुपर्नेमा सांसदहरूको जोड छ । उनीहरू निरन्तर छलफलमा रहेका छन् ।
प्रतिक्रिया