देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस कार्यसम्पादन समितिको बैठक सानेपामा, चुनावी तालमेल र उमेद्वार छनोटमा छलफल

देशान्तर

काठमाडौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्व सहमति अनुसार पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका बिषयमा नेपाली कांग्रेसले छलफल थालेको छ । यसका साथै पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न कांग्रेसको कार्यसम्पादन समितिको बैठक जारी छ ।

पार्टी कार्यलय सानेपामा विहान पौने दश बजेबाट सुरु भएको बैठकमा दोस्रो चरणको निर्वाचन, प्रधानमन्त्री दाहालको राजीनामापछिको अवस्था र भावी सरकार गठनबारे छलफल भइरहेको नेताहरुले बताएका छन् ।

सहमति अनुसार प्रधानमन्त्री दाहालले पदबाट राजीनामा दिएपछि कांग्रेसले सरकार गठनका लागि पनि गृहकार्य गर्न आवश्यक भएकाले कार्यसम्पादन समितिको बैठक बोलाएको कांग्रेस स्रोतले जनाएको छ ।

कांग्रेस माओवादी केन्द्रको गठबन्धन मजबुत बनाउने र दोस्रो चरणको निर्वाचन कसरी सफल पार्ने भन्ने विषयमा समेत बैठकमा छलफल हुने बुझिएको छ ।

यसैबीच दोस्रो चरण स्थानीय निर्वाचनको लागि उम्मेदवार छनौट विषयमा पनि छलफल हुनेछ । बैठकले महानगर, उपमहानगर र नगरपालिकाहरुमा उम्मेदवार छनौट गर्ने बुझिएको छ। स्थानीय तहमा सहमति नभएका उम्मेदवार छनौटको विषयमा पनि बैठकले निर्णय गर्ने बताइएको छ।

साथै, कतिपय ठाउँमा चुनावी तालमेल गर्नुपर्ने अवस्थाको बारेमा छलफल गरिनेछ। स्थानीय र केन्द्रीय स्तरमा तालमेलको विषयले बैठकमा विशेष छलफल हुने कांग्रेस स्रोतले जनाएको छ। काँग्रेसका केही नेताहरुले माओवादीसितको गठबन्धन कायमै हुनुपर्नेमा जोड दिएका छन्।