काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् । सोमबार बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको रास्वपाका प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
केन्द्रीय समिति बैठकले प्रारम्भिक चुनावकै आधारमा दलको नेता चयन गर्न निर्देशन दिएको भन्दै ढकालले सोही बमोजिम संसदीय दलले निर्णय गरेका बताए ।
रास्वपाबाट प्रत्यक्ष चुनाव जितेका ७ र समानुपातिकबाट १३ गरी २० सांसद प्रतिनिधिसभामा पहिलो पटक प्रवेश गर्दैछन् ।
प्रतिक्रिया