देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने

संसदीय दलको नेता चयन गर्न समिति गठन

देशान्तर

काठमाडौं – नेपाली काँग्रेसले आफ्नो पार्टीकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ ।आईतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले काँग्रेसकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णय बारे जानकारी दिँदै प्रवक्ता डा. प्रकाशशरण महतले सबैभन्दा ठूलो पार्टी भएकाले काँग्रेसको नेतृत्वमा सरकार बनाउनु स्वभाविक भएको बताएका छन्।

उनले कांग्रेस नेतृत्वमा सरकार गठनका लागि गठबन्धनमा रहेका र अन्य दलहरुसँग पनि छलफल अगाडी बढाउने निर्णय भएको बताए । उनले वर्तमान सत्तारुढ गठबन्धनको सरकारलाई नै निरन्तरता दिने आफूहरुको लक्ष्य भएको स्पष्ट पारे ।

बैठकले संसदीय दलको नेता चयन गर्नका लागि केन्द्रिय सहमहामन्त्री भिष्मराज आङ्दाम्बेको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति पनि गठन गरेको छ ।

निर्वाचन समितिका अन्य सदस्यहरुमा केन्द्रिय सदस्य पुष्पा भुसाल र प्रकाश रसाईली स्नेही रहनुभएको प्रवक्ता महतले जानकारी दिए। त्यस्तै सातवटै प्रदेशहरुमा पनि सबै दलहरुसँग समन्वय गरेर सरकार गठनको प्रक्रियालाई अगाडी बढाउने निर्णय भएको उहाँले बताउनु भयो । प्रवक्ता महतले ३ दिनभित्रमा काँग्रेस संसदीय दलको निर्वाचन भइसक्ने जानकारी दिए ।