देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्री काँग्रेसको हुनुपर्छ : गुरुङ

देशान्तर

काठमाडौँ – नेपाली काँग्रेसका नेता कल्याण गुरुङले संघ र सातै प्रदेशमा नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन हुनुपर्ने बताएका छन् ।

गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट नेपाली काँग्रेस सबैभन्दा ठूलो दल बनेपछि नेता गुरुङको यस्तो प्रतिक्रिया आएको हो । काँग्रेस केन्द्रीय सदस्यसमेत रहेका नेता गुरूङले सामाजिक संजाल मार्फत संघ र सातै प्रदेशमा काँग्रेस नेतृत्वको सरकार बन्नुपर्ने धारणा सार्वजनिक गरेका हुन् ।

‘२०७९ मंसिर ४ गते शुरु भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन भरखरै सम्पन्न भएको छ । सबै पदहरुको आधिकारिक मत र परिणाम सार्वजनिक भई सकेको छ । अब बन्ने संघीय सरकार नेपाली काँग्रेस नेतृत्वमा हुनु पर्छ । प्रधानमन्त्री नेपाली काँग्रेसको हुनुपर्छ । सात वटा प्रदेशको मुख्यमन्त्रीहरु पनि संभव भए सम्म नेपाली काँगेसले लिने पहल गर्नु पर्छ,’ नेता गुरुङले सामाजिक संजाल फेसबुकमा उल्लेख गरेका छन् ।

गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत परिणाम औपचारिक रुपमा सार्वजनिक भइसकेको छ । यस्तै, निर्वाचन आयोगले निर्वाचन परिणाम राष्ट्रपति र प्रदेश प्रमुखलाई बुझाइ सकेको छ ।

मत परिणाम सार्वजनिक भएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । राजनीतिक दलहरु नयाँ सरकार गठनको लागि दौडधुप गरिरहेका छन् । यही सन्दर्भमा नेता गुरुङले प्रधानमन्त्री सहित सातै प्रदेशका मुख्यमन्त्री काँग्रेसको हुनुपर्ने धारणा सार्वजनिक गरेका हुन् ।