देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री दाहालद्धारा पदबाट राजीनामा

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा घोषणा गरेका छन् । उनले सम्बोधनका क्रममा यस्तो जानकारी गराउँदै केहीबेरपछि राष्ट्रपतिलाई राजीनामा बुझाउने घोषणा गरेका हुन् ।

उनले सम्बोधनमा आफ्नो १० महिनाको छोटो अवधिमा संघीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रले जितेको बताएका छन्। दाहालले आफ्नो कार्यकालमा पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएर लोकतान्त्रिक गणतन्त्र, संविधान र धर्मनिरपेक्षता संस्थागत भएर देशले जितेको बताएका हुन्।

‘मैले प्रधानमन्त्रीको पद सम्हाल्दा निराशा बाँड्नेहरुले देश राजनैतिक र संवैधानिक शुन्यतामा जाने तर्क गरिरहेका थिए’, उनले भने,‘उल्लासमय ढंगले निर्वाचन सम्पन्न भएर संघीय लोकतान्त्रिक गणतन्त्र र समग्र राष्ट्रले जितेको छ।’

त्यस्तै, दाहालले आफू प्रधानमन्त्री हुँदा फास्ट ट्राक, हुलाकी मार्ग र ओबिओआर के हुन्छ भनेर सोध्नेलाई पनि जवाफ दिन सफल भएको बताएका छन्।

‘म प्रधानमन्त्रीको उम्मेद्वार थिएँ, एकथरीले उत्तेजनापूर्वक फास्ट ट्राक के हुन्छ, हुलाकी मार्ग के हुन्छ, ओबिओआर के हुन्छ भनेर निक्कै उत्तेजनापूर्वक सोधेका थिए’, उनले भने,‘प्रश्न गलत थिएनन्, सोध्नेको नियत गलत थियो, आफूप्रति विश्वास गर्न नसक्नेहरुले अरुलाई पनि विश्वास नगर्ने रहेछन्।’

दाहालले ओबिओआर मा हस्ताक्षर गरेर, हुलाकी मार्गका काम अघि बढाएर र फास्ट ट्राक बनाउने जिम्मा नेपाली सेनालाई दिएर आफूले ती प्रश्नहरुको जवाफ दिएको बताएका हुन्।