काठमाडौँ – काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको सुरक्षा समितिको बैठकले मंसिर ४ गते सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै ४ गते बिहान ४ बजेदेखि बेलुका ७ बजेसम्म उपत्यकाको सवारी आवागमन बन्द गर्ने निर्णय गरेको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए ।
एम्बुलेन्स, दमकल खानेपानीलगायत अत्यावश्यक सेवा भने फोकल पर्सन तोकेर सञ्चालन गर्न दिइने छ । निर्वाचन आयोगले तोकेका बाहेक अन्य सवारी साधन सञ्चालन नहुने प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।
त्यस्तै, निर्वाचन अवधिभर मदिरा आरोपप्रसार र बिक्रीमा रोक लगाइएको प्रशासनले जनाएको छ ।
प्रतिक्रिया