काठमाडौँ – अल्का अस्पताल प्रा.लि ले मधुमेह भएका बिरामीको निःशुल्क स्वास्थ्य परिक्षण गरेको छ ।
विश्व मधुमेह दिवसका अवसरमा सोमबार ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले अस्पताल परिसरम नै मधुमेह भएका विरामीहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो ।
निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय भन्दा बढी मधुमेहका विरामीको परीक्षण र औषधि वितरण गरिएको अस्पतालका प्रशासन प्रमुख भगवान केसीले जानकारी दिए ।
एच बिए वान सी, पीपी र फास्टिङ लगायतका ल्याव टेष्टमा पनि निशुल्क परीक्षण गरिएको उहाँले जानकारी दिए ।
मधुमेहका विरामीहरुलाई मात्र लक्षित गरेको आयोजना गरिएको सो कार्यक्रममा चिकित्कसको सिफारिस अनुसार १० दिनसम्मका लागि पुग्ने औषधि पनि वितरण गरिएको उनले बताए ।
निशुल्क स्वास्थ्य परीक्षणमा सहभागी भएकाहरुलाई २ हप्तासम्म फ्लो अप गर्दा कुनै पनि शुल्क नलाग्ने अस्पतालले जनाएको छ ।
त्यस्तै अल्का अस्पतालले विश्व मधुमेह दिवसका अवसरमा विहान जनचेतना मुलक र्याली पनि निकालेको थियो।
प्रतिक्रिया