देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जसपाका राजेन्द्र श्रेष्ठ जाेगिँदा अरु मन्त्री फिर्ता

देशान्तर

सत्तारुढ गठबन्धनमा रहेको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले अहिले सरकारमा सहभागी ३ मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री सिफारिस गरेको छ ।

यसअघि सरकारमा सहाभागी चार मन्त्री मध्य कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई फिर्ता बोलाउँदा सामान्य प्रशासन मन्त्रालयमा राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिएका छन् ।

पार्टीभित्र बाबुराम भट्टराई र उपेन्द्र यादवबीच विवाद बढेपछि आन्तरिक सहमतिमा छुट्टिने बताइएका बेला यादवले पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री सिफारिस गरेका हुन् । यादवले आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ मन्त्रीहरुको सूची बुझाएका हुन् ।

यादवले बुझाएको सूची अनुसार अब सामान्य प्रशासन मन्त्रालयमा राजेन्द्र श्रेष्ठलाई निरन्तरता दिँदा भौतिक पुर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषी तथा पशुपंक्षी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र बन मन्त्रालयमा प्रदिपकुमार यादव सिफारिस गरिएको हो । नयाँ मन्त्री सिफारिस भइसकेकाले आज सपथ हुने सम्भावना रहेको छ । केही समय अघि सत्तारुढ गठबन्धनकै दल एकीकृत समाजवादीले पनि ४ जना मन्त्री परिवर्तन गरेकाे थियाे।