देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नवनियुक्त चार मन्त्रीले लिए शपथ

देशान्तर

काठमाडौं- बर्तमान सरकारका नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । एकीकृत समाजवादीबाट नवनियुक्त मन्त्रीहरूले शपथ लिएका हुन् । नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शीतल निवासमा आज ९सोमबार० आयोजित एक समारोहमा शपथ लिएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानी खापुङ र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा हीरा केसी नियुक्त भएका हुन् । शपथलगत्तै नवनियुक्त मन्त्रीहरुले आजै कार्यभार सम्हालेका छन् ।

एकीकृत समाजवादीले प्रेम आलेलाई पर्यटनमन्त्री, रामकुमारी झाँक्रीलाई सहरी विकास मन्त्री र कृष्णकुमार श्रेष्ठलाइ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीबाट फिर्ता बोलाएपछि नयाँ मन्त्री नियुक्त गरिएका हुन् । यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङ अहिले स्वास्थ्य मन्त्री भएका छन् । हिरा केसी पहिलो पटक राज्यमन्त्रीमा नियुक्त भएका छन् ।