काठमाडौं – शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आज मन्त्री पदबाट राजीनामा दिने भएकी छन् । त्यसका लागि उनले मन्त्रालयमा आज केहिबेरमै पत्रकार सम्मेलन गर्ने भएकी छन् । उक्त पत्रकार सम्मेलनमार्फत मन्त्री झाँक्रीले मन्त्रालय छाडेको जानकारी गराउनेछिन् ।
मन्त्री झाँक्री निकट स्रोतका अनुसार कर्मचारीसँग विदाइ कार्यक्रम पनि आज नै राखिएको छ । नेकपा एकीकृत समाजवादीले मन्त्री फिर्ता बोलाएर नयाँ नेताहरुलाई सरकारमा पठाउने निर्णय गरिसकेको छ ।
प्रतिक्रिया