देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लागुऔषध दुव्यर्सनबाट युवालाई बचाउनु सबैको दायित्व हो : गृहमन्त्री खाँण

देशान्तर

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले लागुपलागूपदार्थ दुव्यर्सनबाट युवालाई बचाउनु सबैको दायित्व भएको बताएका छन् ।लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज आयोजित एक समारोहमा उनले लागूपदार्थ दुव्यर्सनबाट बचाउनु सरकारसँगै समाजको पनि उत्तिकै दायित्व भएको धारणा राखे।

गृहमन्त्री खाँणले युवाको सुरक्षित भविष्य र आम नागरिकको जीवन रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताए । लागुपदार्थको दुव्यर्सनका कारणले समाजलाई गम्भीर असर पारेको र त्यो असर सबैभन्दा बढी युवा पुस्तामा परिरहेकातर्फ सचेत हुन उनले सबैमा अनुरोध गरे।

उनले युवा पुस्ताको भविष्य सुन्दर बनाउन सरकारले आगामी दिनमा चेतनामूलक कार्यक्रमका साथै पाठ्यपस्तकमा लागुऔषध दुव्यर्सनका असरबारेका विषयवस्तु समावेश गरेर विद्यार्थीलाई बेलैमा जानकारी गराउनुपर्ने आवश्यकता औँल्याए । उनले दुव्यर्सनमा फसेका युवालाई सुधार्न विषेश अभियान थाल्नुपर्नेमा जोड दिए ।

उनले लागूऔषध दुव्यर्सन र त्यसको अवैध ओसारपसार रोक्न सरकारले संवेदनशील भएर काम गरिरहेको जानकारी दिए । “नेपालमा लागूपदार्थको दुरुपयोग र अवैध ओसारपसार चुनौतीको रुपमा आइरहेको छ, यसले समाजलाई गम्भीर असर पारेको छ, बढी युवा पुस्तामा असर गरेको छ”, गृहमन्त्री खाँणले भने, “सरकार यो संवेदनशील विषयमा आफ्ना नागरिकको रक्षा र युवा पुस्ताको सुन्दर भविष्य बचाउन प्रतिबद्ध छ ।”

उनले आउने दिनमा सरकारले अझै बढी ध्यान दिने, जनजागरुकताका कार्यक्रम ल्याउने, पाठ्यपुस्तकमा पनि विषय समावेश गरी विद्यार्थीलाई बेलैमा जानकारी दिने, दुव्यर्सनमा फसेका युवाहरुलाई सुधार्ने अभियान थाल्नुपर्नेमा जोड दिए । मुलुकमा लागुऔषधसम्बन्धिको अपराधमा दोषी देखिएका छ हजार बढी मानिस कारगारमा रहेको र मुलुकभर हुने आपराधिक गतिविधिमध्य आठ प्रतिशतभन्दा बढी लागूपदार्थसँग सम्बन्धित रहेको गृहमन्त्री खाँणले जानकारी दिए ।

कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे र नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंहले लागूऔषधमुक्त परिवार, समाज र राष्ट्र निर्माण गर्न सबै नागरिक आफ्नोतर्फबाट सचेत हुन आवश्यक रहेको बताए ।