देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पेट्रोल लिटरमै २० र डिजेल २९ रुपैयाँले घट्यो, ग्यासको भाउ यथावत् !

देशान्तर

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य घटेको छ । सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको हो ।आज बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेल(मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको हो ।

यसअनुसार अब पेट्रोलको मूल्य १७९ निर्धारण भएको छ भने डिजेल(मट्टितेलको १६३ कायम भएको निगमले विज्ञप्तिमार्फत जनाएको छ । एलपी ग्यास र हवाई इन्धन आन्तरिक तथा बाह्यको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत् नै राखिएको निगमले जनाएको छ ।

घटेको मूल्य आजै राति १२ बजेदेखि लागु हुने पनि निगमले जनाएको छ । शनिबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले कर कटौती गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्णय गरेको थियो ।