देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गैरआवासीय नेपाली सङ्घको प्रतिनिधि मन्डल र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता

देशान्तर

काठमाडौं – गैरआवासीय नेपाली सङ्घको प्रतिनिधि मन्डल र काठमाडौं महानगरपालिकाका नव निर्वाचित मेयर बालेन शाहबीच भेटवार्ता भएको छ।

भेटघाटको क्रममा संघले महानगरपालिकासंग सहकार्य गरी काठमाडौं महानगरपालिकामा स्मार्ट सिटी अवधारणाको कार्यान्वयन, ट्राफिक व्यवस्थापन, आधुनिक सार्वजनिक शौचालय निर्माण लगायतका विषयमा छलफल भएको संघका अध्यक्ष कुल आचार्यले जानकारी दिए ।

आचार्यले भने, ‘मैले ललितपुर महानगरपालिका संगको समन्वयमा संघले शंखमुल पार्क निर्माण गरी ललितपुर महानगरपालिकालाई नै हस्तान्तरण गरेको जानकारी दिए। त्यस्तै गत वर्ष नै टेण्डर आब्हान गरी वनाउन लागेको सार्वजनिक शौचालय कलंकी सडक विस्तार गर्दा जग्गा अधिग्रहण भएपछि स्थगित भएको र यदि काठमाडौं महानगरपालिकाले जग्गा उपलब्ध गराएको खण्डमा एनआरएनएले दुईवटा सार्वजनिक शौचालय बनाउने र उक्त शौचालय व्यवस्थापनको निमित्त महानगरपालिकालाई आग्रह गर्ने हामीले बतायौँ ।’

आवासीय नेपाली संघका उपाध्यक्ष महेश श्रेष्ठले काठमाडौँ सिटीलाई ुस्मार्ट सिटीु बनाउन सहकार्य र समन्वय गर्न संघ हरदम तयार रहेको बताए। मेयर शाहले काठमाडौंलाई कला सांस्कृति र सम्पदाको शहरको रुपमा संसारभरि चिनाउन संघलाई आग्रह गरेका थिए । एनआरएनएले बनाउन लागेको सार्वजनिक शौचालय बनाउन जग्गा उपलब्ध गराउने र व्यवस्थापनका लागि पनि महानगरपालिका सकारात्मक रहेको उनले बताए ।

उनले कुकुर तिहार लाई विशेष पर्वको रुपमा विश्वभर मनाउन र त्यो देशको क्यालेन्डरमा उक्त पर्व छपाउन पहल गर्न आग्रह गरे । गैरआवासीय नेपाली संघको योजनाहरु कार्यान्वयन महानगरपालिकाको सिटी प्लानिङ टीमसंग सहकार्य गर्न एनआरएनलाई आग्रह गरे।मेयर शाह र उनको टिमसंग सहकार्य गर्न संघ उत्साहित रहेको आचार्यले बताए।

उक्त भेटघाट कार्यक्रममा एनआरएनए युरोप संयोजक चिंतामणी सापकोटा, एनआरएनए आईसीसी सदस्य प्रदीप न्यौपाने, युरोप युवा संयोजक रमेश काफ्ले लगायत एनआरएनए अभियन्ताहरुको उपस्थिति रहेको थियो।