काठमाडौं – संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे संकल्प प्रस्ताव पेस भएको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा संकल्प प्रस्ताव सचेप्रमुख प्रतिपक्ष दल एमाले प्रमुख तक विशाल भट्टराईले संसदमा पेस गरेका छन् ।
सो संकल्प प्रस्तावलाई एमाले सांसद यज्ञराज सुनवार, गणेशकुमार पहाडीसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्रप्रसाद लिङदेनले समर्थन गरे ।
भट्टराईले पेस गरेको संकल्प प्रस्ताव माथि अहिले छलफल भइरहेको हो । छलफलका लागि दुई घण्टाको समय दिइएको छ ।
प्रतिक्रिया