काठमाडौँ – मंगलबार नेपाली बजारमा सुनको मूल्य ६०० रुपैयाँले घटेको छ । अघिल्लो तोलामा १६ सय रुपैयाँले बढ्दै ९८ हजार २०० रुपैयाँ पुगेको सुनको मूल्य मंगलबार ६०० रुपैयाँले घट्दै ९७ हजार ६०० रुपैयाँमा झरेको हो
।
यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ६०० रुपैयाँले नै घट्दै ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा ५ रुपैयाँले मात्र घट्दै आज एक हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अघिल्लो चाँदी प्रतितोला एक हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया