देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एडिबीको रु ९ नौ अर्ब ऋण सहयोग

देशान्तर

काठमाडौँ। एसियाली विकास बैंक काठमाडौँ उपत्यकाको खानेपानी सुधार आयोजना कार्यान्वयनका लागि रु नौ अर्ब ५४ करोड सहुलियत ऋण सहयोग उपलब्ध गराउन सहमत भएको छ । 

अर्थमन्त्रालयमा आज आयोजना गरिएको कार्यक्रममा अर्थसचिव लोकदर्शन रेग्मी र नेपालका लागि विकास बैंकका देशीय निर्देशक किनीची योकोयामाले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । 

सरकारले सन् २००८ देखि काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधानका लागि उक्त आयोजना सञ्चालन गर्दै आएको छ । एसियाली विकास बैंकले उपलब्ध गराउने उक्त ऋण कीर्तिपुर र मध्यपुर ठिमीमा पाइपलाइन निर्माण तथा विस्तारका लागि खर्च गरिने सम्झौतामा उल्लेख गरिएको छ । 

सम्झौतापछि अर्थसचिव रेग्मीले प्राप्त ऋणको सही रुपमा प्रयोग गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिँदै सन् १९७० देखि अनुदान तथा सहुलियत ऋण उपलब्ध गराउँदै आएकोमा एसियाली विकास बैंकलाई धन्यावाद व्यक्त गरे ।

]]>