देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भूकम्पपीडितको कोटामा प्रचण्डका छोरी–नातिनी

देशान्तर

काठमाडौं । गृहमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्पपिडितको नाम एमाओवादी अध्यक्ष पुष्पकमल दाहालकी नातिनी लगायत आफ्ना नातागोता र पार्टी कार्यकर्तालाई चीन भ्रमणमा पठाउँदै छन्।

सिचुवान प्रान्तको कुन्मिङ् र छेन्दुक सहरको ६ दिने भ्रमणमा मन्त्री बस्नेतकै छोरीद्वय संगम र बबिता बस्नेत समेत सहभागि भएका छन् । भुकम्पपीडित जिल्लाका १५ देखी ३० वर्षसम्मका युवाका लागि चीन सरकारले व्यवस्था गरेको अवलोकन भ्रमणमा पार्टी अध्यक्ष दाहालकी छोरी–नातिनी स्मिता प्रधान, दृष्टी के सी, सन्ध्या केसी र प्रतिमा पाठक छन्।

यस्तै, पार्टी केन्द्रिय सदस्य अञ्जना विशंखेकी छोरी स्वस्तिका र स्वकिय सचिव एवम् जाजरकोट पार्टी कार्यकर्ता ललित बुढाकी पत्नी लक्ष्मी गिरीलगायत रहेका छन् । कान्तिपुर दैनिकमा समाचार छ । 

]]>