देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्यानको अध्यक्षमा चन्द, राखेपलाई अमान्य

देशान्तर

काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द सर्वसम्मतिबाट चुनिएका छन् । 

क्यानको हिजो राति सम्पन्न साधारणसभाबाट यसअघि क्यानका पूर्व उपाध्यक्ष रहेका चन्द सर्वसम्मत चुनिएका हुन् । उनीसहित साधारणसभाले १७ सदस्यीय नयाँ कार्य समिति समेत चयन गरेको छ । 

साधारणसभाले वरिष्ठ उपाध्यक्षमा विनोद मैनाली, उपाध्यक्ष द्वयमा शैलेसकुमार चौधरी र दिवाकर घले तथा महासचिवमा अशोकनाथ प्याकुरेललाई चुनेको छ । 

यस्तै, क्यानको सदस्यमा १२ जना चयन भएका छन् । त्यस्तै क्यानका पूर्व अध्यक्ष टङ्क हाङबुहाङको पक्षले भने उक्त साधारणसभा राष्ट्रिय खेलकुद परिषद्को निर्देशन विपरीत भएको भन्दै साधारणसभामा सहभागिता जनाएन । 

त्यस्तै, राखेपले पनि उक्त चुनावलाई मान्यता नदिने भएको छ । तर अध्यक्ष चन्दले भने क्यानको विधान अनुसार साधारणसभा भएको र कानुनसम्मत ढङ्गमा आफू निर्वाचित भएको बताएका छन् । 

उनले क्यानको विधानअनुसार साधारणसभा गरेको र  अब क्रिकेट खेलको विकास र विस्तारका लागि सोचेर अगाडि बढ्ने विश्वास लिएको यसमा सबैको साथ हुने अपेक्षा गरेको बताएका छन् ।

राखेपका सदस्यसचिव केशवकुमार विष्टले भने उक्त साधारणसभा राखेपको निर्णय विपरीत भएकाले आफूहरुले त्यसलाई मान्यता नदिने बताएका छन् । 

उनले आज प्रक्रिया पुरा नगरी गरिएको साधारसभालाई मान्यता नदिने र तदर्थ समिति गठन गर्ने बताएका छन् ।

]]>