देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनकपुरमा आन्दोलनकारीविरुद्ध व्यापारीको प्रतिकार

देशान्तर

जनकपुरधाम। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितका आन्दोलनकारीलाई स्थानीय व्यापारीले जनकपुरमा प्रतिकार गरेका छन् । 

मोर्चाका कार्यकर्ताले दिउँसो जनकपुरमा निकालेको मोटरसाइकल जुलुसमा सहभागी रहेका केही आन्दोलनकारीले खुलेको पसलको सटरमा बाँसको भाटाले हिर्काउन थालेपछि आक्रोशित भएका व्यापारीले जनकपुरको जनकचोकमा आन्दोलनकारीलाई धपाएका थिए । 

व्यापारीले आन्दोलनकारीको दुईवटा मोटरसाइकलमा आगो लगाएर ध्वस्त बनाएका छन । व्यापारीले सद्भावना पार्टीका जिल्ला अध्यक्ष सञ्जयकुमार सिंह चढेको ज२प ५४१९ र तराई मधेस सद्भावना पार्टीका जिल्ला अध्यक्ष रुपनारायण मण्डल चढेको ज३प २९९१ नंको मोटरसाइकलमा आगो लगाएका छन् । 

व्यापारीहरुले पाँच महिनादेखि व्यापारीले आन्दोलनमा आफ्नो ऐक्यबद्धता जनाउँदै पसल बन्द गरेर आन्दोलनमा होमिएको भए पनि आन्दोलनमा सहभागी रहेका केही व्यक्तिको अराजक क्रियाकालपका कारण जनकपुरमा यस्तो अवस्था आएको बताएका छन् । 

मोटरसाइकलमा आगजनी गरिएपछि आन्दोलनकारीले फेरि आएर विरोध प्रदर्शन गरेका छन् । 

]]>