देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

७७.३३ अंकले घट्यो नेप्से, साढे ३ अर्बको सेयर कारोबार

देशान्तर

काठमाडौं – साताको दोस्रो कारोबार दिन ६९.५१ अंकले ओरालो लागेको नेप्से परिसूचक म‌ंगलबार ७७.३३ अंकले घटेर २५ सय १०.७३ विन्दुमा अडेको छ। यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन सेन्सेटिभ परिसूचक १३.२८ अंकले घटेर ४७१.९१ विन्दुमा झरेको छ।

यसदिन २२१ कम्पनीको ९५ लाख ७५ हजार ६०१ कित्ता सेयर ३ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भयो। सोमबार २१८ कम्पनीको ८७ लाख ७६ हजार कित्ता सेयर २ अर्ब ९६ करोड ६८ लाख ९९ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।

१३ वटै समूहको परिसूचक घटेको छ। यसदिन वित्तीय समूहको परिसूचक सर्वाधिक ५.०९ प्रतिशतले घटेको छ। यस्तै जलविद्युत र विकास बैंकको परिसूचक क्रमश ४.४७ र ४.१४ अंकले ओरालो लागेको हो। करिब ८ वटा समूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ। यसदिन कारोबारको आधारमा एनआइबीएल शीर्ष स्थानमा रह्यो। यो कम्पनीको ११ करोड १२ लाख ९५ हजार ५४३ रुपैयाँको शेयर कारोबार भयो।

यस्तै, नेपाल हाइड्रो डेभलपर्स र नेसनल हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९ प्रतिशत घटेको छ। बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाउने सूचना सार्वजनिक गरेसँगै त्यसको प्रभाव सेयर बजारमा परेको छ। सोमबार करिब १ दर्जन बढी बैंकहरुले मुद्दति निक्षेपमा १० प्रतिशतभन्दा बढी ब्याजदर सार्वजनिक गरेका थिए।

ब्याजदर सार्वजनिक भएसँगै त्यसको प्रभाव शेयर बजारमा परेको हो। बैंकहरुले ब्याजदर बढाएपछि लगानीकर्ताहरु भने निराश छन्।