देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बाँकेमा ५६ फरार प्रतिवादी पक्राउ

देशान्तर

नेपालगञ्ज, ३ वैशाख : जिल्ला प्रहरी कार्यालय, बाँकेले विभिन्न स्थानबाट विभिन्न अपराध गरेर लामो समयदेखि फरार भएका ५६ प्रतिवादीलाई पक्राउ गरेको छ । उनीहरूबाट पाँच वर्ष सात महिना २९ दिन कैद र रु १८ लाख ८६ हजार जरिवाना असूल उपर गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार फरार प्रतिवादी जबरजस्तीकरणी, कर्तव्य ज्यान, लागुऔषध कारोबार, चेक अनादार, बहुविवाहलगायत मुद्दाका रहेका छन् । यसअघि गत फागुनमा प्रहरीले ६५ फरार प्रतिवादी पक्राउ गरेको थियो । 

“यसमा अदालतले फैसला गरेका र केही मुद्दा मात्रै चलेका अभियुक्त छन्”, उहाँले भन्नुभयो । प्रहरीले चैत महिनाको अवधिमा ५६ फरार प्रतिवादी पक्राउका क्रममा रु ३ लाख ५९ हजार तीन सय ५० बराबरको भारतबाट भन्सार छली गरेर ल्याएको अवैध सामग्री बरामद गरेको थियो । अवैध तस्करीमा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको र ओसारपसारमा प्रयोग भएको एउटा जीप र तीन मोटरसाइकल बरामद गरी आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय पठाइएको प्रहरी नायब उपरीक्षक पातलीले बताउनुभयो । 

चैत महिनामा दर्ता भएका एक सस ५८ मुद्दातर्फ एक सय ९३ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ । तीन हजार सात सय २० सावरीसाधनका चालकलाई कारबाही गरी रु २९ लाख ५८ हजार राजस्व सङ्कलन गरिएको छ । सो अवधिमा ७१ सवारीसाधन दुर्घटना हुँदा सात जनाको मृत्यु तथा एक सय २० जना घाइते भएका थिए । विभिन्न स्थानबाट हराएका तथा चोरी भएका छ मोटरसाइकल र २६ स्मार्ट मोबाइल फोन फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाइएको प्रहरीले जनाएको छ ।