काठमाडौं । आफ्ना ग्राहक वर्गलाई बैंकले दिने सेवा सुबिधालाई मध्यनजर गर्दै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भर्चुअल क्रेडिट कार्ड लिएर आएको छ । भर्चुअल क्रेडिट कार्ड ग्राहकहरूलाई जारी गरिएको भुक्तानी कार्ड भएको र जसले कार्ड धारकलाई सामान र सेवाहरूको लागि व्यापारीलाई भुक्तानी गर्न सक्षम बनाउने बैंकले जनाएको छ । सिटिजन्स भर्चुअल क्रेडिट कार्डले ब्याजरहित ऋण प्रदान गर्ने र यसलाई कोड स्क्यान गरेर किनमेलको लागि प्रयोग गर्न सकिने पनि बैंकले जनाएको छ ।
अठार वर्ष पुगेको तलबी नेपाली नागरिकले भर्चुअल क्रेडिट कार्ड लिन पाउने बैंकले बताएको छ । भर्चुअल क्रेडिट कार्ड लिनका लागि सिटिजन्स भर्चुअल क्रेडिट कार्ड अप्लिकेशनमा गई हस्ताक्षर सहित आवेदन दिन सकिने छ । ग्राहकले आफ्नो नागरिकताको अथवा पासपोर्टको फोटोकपी , दुई प्रति फोटो , आफ्नो तलबको बिवरण ६ महिना देखी एक बर्ष सम्मको र आफुले तलब खाने ठाउँबाट पाउने तलबको बिवरण खुलाई लेखेको चिठ्ठी सहित पेश गर्नु पर्ने बैंकले जनाएको छ ।

यस्तै ब्यापारिक आय आर्जन गर्नेहरुका को लागि क्रेडिट कार्ड अप्लिकेशनमा गई हस्ताक्षर सहितको आवेदन संगै दुई प्रति फोटो, नागरिकता अथवा पासपोर्टको फोटोकपी, दुई बर्षको आर्थिक प्रतिबेदन, भ्याट र प्यानको दर्ता प्रमाणपत्रको फोटोकपी, र ६ महिना देखि एक बर्ष सम्मको आय बिवरण पेस गर्नु पर्ने बैंकले जनाएको छ । बैंकले राखेका केहि सर्तहरुमा ऋणि ग्राहकहरूलाई स्वीकृत कोष सीमाको अधिकतम २.५% वा २५०,००० जुन कम हुन्छ । स्थिर निक्षेपकर्ताका लागि क्रेडिट कार्ड सीमा रकमको ५०% वा २००,००० जुन कम हुन्छ प्रदान गरिनेछ । तलबी ग्राहकहरूलाई खुद जम्मा गरिएको तलबको अधिकतम १.५ गुणा तर कम्तिमा ३ महिनाको तलब खातामा जम्मा गरिएको हुनु पर्ने र विशेषाधिकार प्राप्त ग्राहकहरूले अधिकतम १ लाख वा औसत उपलब्ध मौज्दातको १०% सुबिधा पाउने छन् ।
भर्चुअल क्रेडिट कार्ड लिन ग्राहकले कार्ड जारी शुल्क ५०० , वार्षिक÷नविकरण शुल्क ५०० तिर्नु पर्ने बैंकले जनाएको छ । यस्तै ढिलो भुक्तानी शुल्क ३०० वा मासिक बाँकी रकमको १% तोकिएको छ । ब्याजदर प्रति महिना २% तोकिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९९ वटा शाखा, १६४ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया