देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राजावादीले पुर्‍याएको क्षतिको पूर्वराजा ज्ञानेन्द्रबाट असुल गराउने महानगरको तयारी

देशान्तर

काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रवार तीनकुने क्षेत्रमा राजावादीहरूले गरेको प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तिराउने भएको छ ।

त्यसका लागि महानगरेले निर्मल निवासलाई पत्र लेख्दै छ । प्रदर्शनको योजनाकार ज्ञानेन्द्र नै भएकाले राप्रपालगायत अन्य पार्टीलाई भन्दा पनि निर्मल निवासलाई नै पत्र पठाउने निष्कर्षमा महानगर पुगेको बताइएको छ ।

शुक्रबार राजवादीहरूको प्रदर्शनको क्रममा भएको आगजनीलाई नियन्त्रण गर्न पुगेको महानगरका सवारीलगायत सम्पत्तिमा तोडफोड भएको थियो ।

त्यसपछि महानगरले एउटा समिति नै बनाएर पुगेको क्षतिको अध्ययन गरेको थियो । महानगरका अनुसार अध्ययनले करिब १० लाख बराबरको क्षति पुगेको देखिएको छ । सोही बिल महानगरले ज्ञानेन्द्र शाहलाई पठाउने भएको हो ।

दुर्गा प्रसाईं नेतृत्वको राजा फर्काउने अभियानमा राप्रपाका नेताहरूको सहयोग भए पनि घटनाको मुख्य जिम्मेवार निर्मल निवास भएको निष्कर्षसहित महानगरले ज्ञानेन्द्रलाई पत्र पठाउन लागेको हो ।