देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

धर्मगुरुको भेषमा हिंसात्मक आन्दोलन गर्ने खतिवडा पक्राउ

देशान्तर

काठमाडौं । प्रहरीले धर्मगुरुका नाममा विभिन्न अराजकता मच्चाउँदै आएका पुष्कर खतिवडालाई पक्राउ गरेको छ ।

यसअघि शीर्ष नेताहरूको मृत्युको कामना गर्दै यज्ञ गरेको आरोपमा पक्राउ परेर छुटेका खतिवडा अहिले भने हिजोको राजावादी आन्दोलनलाई भड्काएर हिंसात्मक बनाएको आरोपमा पक्राउ परेका हुन् ।

प्रहरीको विशेष टोलीले उनलाई ललितपुरको इमाडोलबाट आज बिहान पक्राउ गरेको हो । शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादी गरेको हिंसात्मक आन्दोलनमा उनले ढुंगा हान्दै अरूलाई पनि उक्साएका थिए ।

हिंसात्मक राजावादी आन्दोलन प्रकरणमा पक्राउन पर्नेको संख्या ११० पुगेको छ । शुक्रबार राजसंस्था पुनःस्थापनाका लागि आन्दोलन गर्ने नाममा पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकले तीनकुने क्षेत्रमा हिंसा, हत्या, तोडफोड गरेका थिए ।

सोही घटना अनुसन्धानका क्रममा प्रहरीले शनिबार बिहानसम्म ११० जनालाई पक्राउ गरिएको जानकारी दिएको हो ।

सोही काण्डमा प्रहरीको विशेष टोलीले धर्मगुरु पुष्कर खतिवडालाई पनि पक्राउ गरिसकेको छ भने राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायत नेता शुक्रबारदेखि नै प्रहरीको नियन्त्रणमा छन् ।

तीनुकने हिंसाका जनकमाण्डर दुर्गा प्रसाईं भने फरार छन् । प्रहरीले उनको खोजी तीव्र पारेको छ ।