देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रश्नकै उत्तर लुप्त छऊ के जान्दछ ?



भन्ने हो भने ऊ केही जान्दैन । सुकरातको एउटै कुरा जान्दछ, म केही पनि जान्दिन’ भन्ने खालको दार्शनिक अज्ञान । एकदम दैनिक जीवनको अज्ञान ।
उसको अज्ञान कहादेखि थाल्न सकिएला ? यहाँदेखि हुन्छ ?
उसलाई टाई बाँध्न आउँदैन । बीचमा सिकेको थियो, फेरि बिस्र्याे । सम्भवतः प्रेमिकालाई प्रभावित पार्न सिकेको थियो । प्रेमिका गई, उसले टाई बाँध्न विस्र्याे ।
प्रेमिकासित टाई जोडियो । प्रेमिका आई भने टाई बाँध्न जान्ला । तर प्रेमिका आउँदिन । त…. त्यसकाण …. त्यही हो । प्रेमिका माने उसको जीवनको एक अर्धकाल्पनिक कथा । अर्ध किन भने कुनै बखतको पूर्ण वास्ताविक, अब पूर्ण काल्पनिक ।
त्यसकारण अर्धकाल्पनिक ठीक छ ?
कुनै बखत थोरबहुत हार्माेनियम बजाउँदथ्यो । तर फेरि हार्माेनियमसित गाउन जान्दैनथ्यो । सुनेर हाँसो उठ्ला । ऊ रेडियो बजाउन जान्दैन । मेगाहर्ज, यति प्याइण्ट यति, कहिल्यै ध्यान दिएन, सोझै रेडियोको कान निमोठ्यो, चलाउँदै गयो अनि जहाँ केही आउँछ, त्यही सुन्यो । सर्त वेभ, मिडियम वेभ, मार साला गोली, झन्झटिला काम । कोसित उसले सबथोकको ग¥यो । सितार ज्वाइन ग¥यो । एक महिना पु¥याएर माग्यो । भ्वायलिन बजाउन सिक्यो, एउटा साथीसित, झन् गा¥हो । बरु सितारको अलिअलि गत बजाउने भएको थियो । अब यो कम्प्युटर ! उसलाई लाग्छ, ऊ प्राविधिक दुनियाँका लागि एकदमै बुद्धु र मिसाफिट मान्थे हो । यता दुनियाँ भने बढीमा बढी टेक्नोलोजिकल हुँदैन । एउटा बेहुदा मान्छेजस्तै दुनियाँमा उभिएको छ । किन यस्तो भयो ? यसको उत्तर खोज्दैछ ।
उसले चिनेका कतिपय चालुहरु लुच्यामा बढुवा भएर धन्य भएका छन् । ऊ लेख्न बाहेक केही नजानेर, विश्वको असफलतम व्यक्तिका रुपमा जीवित छ । सबका आफ्ना गुट छन् । ती पत्राचार अथवा लत्राचार गरेर दुनियाँ घुमिरहेका छन् । तिनै प्रतिनिधि । लेखक बनेका छन् । धेरैजसो, जो लेखनबाहेक सबथोक जान्दछन् ।
ऊ लेख्न जान्दछ । त भन्यो । तर यति विधि होइन । समयले सावित गरिदिएको छ, लेखन मात्र जान्नु केही नजान्नु हो । त्यसकारण ऊ स्टेरी टोल्ड बाई एन इडियर बनेर उभिइरहेको छ ।
ऊ खोजिरहेको छ, र सोचिरहेछ, त्यस्तो कुन इडियट रहेछ जो मभन्दा पनि बढी इतियट बनेर उभिएको छ ?
उसले केही लेखेको थियो एकदिन । प्रकाशित पनि भयो । कतिले पढे, त्यो पनि भन्न सक्दैन । कस्तो लाग्यो भन्ने चलन कमै रहेको छ, हामीकहाँ । राम्रो छ भने त झन् ओठ सिएै बस्ने परम्परा कायम छ । केही लेखेर त्यसलाई राजनीतिले रङनु प¥यो भने एकसे एक पट्टा पहलमान अखडामा हात आजमाउन कुद्छन् । जसले साहित्यसित सरोकार छैन ती पनि । जसले बुझेका छैनन्, ती पनि । बुझ्नेहरु मौन बस्ने चलन छ । उसलाई लाग्यो, यो राम्रो चलन हो । यसले साहित्यको अत्यन्त भलो गरेको छ । भविष्यमा जतिजति यस्ता चलन वृद्धिमा हुन्छन् । त्यतित्यति साहित्यको भलो हुँदै जानेछ ।
तैंले स्कुलमा किन राम्रो नम्बर ल्याइनस् वा किन राम्रो नम्बर ल्याइस् भनेर पनि दण्ड दिन्छन् । काटीकुटी ब्वासो र पाठोको कथा । तँ नभएर तेरो बाबुले गल्ती गरेको होला । त्यसकारण तैंले दण्डित हुनुपर्दछ, जेनेटिक आधारका कारण । यो यतिकै कथा थियो । प्रकाशित भएको धेरै दिनपछि ऊ बम्बईको एउटा लजको २२० नं. को कोठामा एक्लै बसिरहेको थियो । अन्य सहयात्रीहरु घुम्न गएका थिए । यसो भनुँ, ऊ एक्लै हुने अवसर खोजिरहेको थियो । पायो । लजको नाउँ, ‘शारदा लज’ थियो ।
… एक्कासी उसलाई आफ्नो त्यही कथाको ध्यान आयो । कथाको शीर्षक थियो बन्धक गम्भीरतापूर्वक सोच्न थाल्यो, केबाट प्रेरित भएर लेखेँ त्यो कथा ? कथाले दिने कुराहरु होलान् त्यसमा उत्तर आधुनिक कथा भनिएला, मान्यो ।
आफ्नै सोच, विस्तारित यथार्थवादमा आधारित छ, मान्यो । तर आफुले आफैसित साक्षात्कार गर्दा, प्रश्न उठिरह्यो, के हो यो ? कहाँ र किन हो यो ? आदि ।
निकै समय लियो यसले उसको । निकै समयपछि ऊ चकित भयो, त्यस अविष्कारमा ल, यो त मै हुँ । मैं हराएको हुँ । उसैलाई बञ्चक लागेको हो । यो यसरी पनि उसलाई लाग्यो, ऊ स्वयं बञ्चक लागेर पसेको छ, जीवनको जंगलमा वा शहरमा । पुस्तौंदेखि ? जन्मअगिदेखि । जन्मेदेखि ? हुनसक्छ तर ऊ बुझ्न थालेदेखि भौंतारिरहेको छ, बञ्चक लागेर । दिग्भ्रम शब्दले अलि नपुग्ला । परिवेश भ्रम भन्ने होकि ? उसको सारा जीवन, कहाँ आइपुगेँ म भन्ने प्रश्नले घेरेको छ । उसको जीवन नै बञ्चकमय छ । यो समाधान त होइन । समाधान होस कि नहोस्, वास्तविकता त हो । विस्तारित वास्ताविकता । विस्तारित यथार्थ होला, यथार्थ त हो ।
आज धेरै वर्ष बाँचेर वृद्ध भएप्छि उसलाई लागिरहेछ, म कुन दुनियाँमा बाँचेको छु, त्यसैको अज्ञान भने के भन्नु ? कि त मलाई दुनियाँले जानेन कि मैले दुनियाँलाई जानिन । बाह्य तरल अनि ठोस अझ कठोर हुँदै गएको दुनियाँमा आफ्नो संवेदना, भावुकता मानवीय भाव लिएर बाँच्न खोजि मानिसको के हविगत हुनसक्छ ? त्यही हुँदैछ । कोपरिने, चिथोरिने, लछारपछार गरिने, विदीर्ण हुने र सेलाउने, त्यतिकै नियति हो ?
अनि त्यस्तै दुनियाँमा उसलाई लाग्छ, म कतैबाट यो एक अज्ञात । अपरिचित दुनियाँमा पो आइपुगेछु कि ? यस्तोमा कहाँ जान्छु भन्नु पनि हास्यास्पद हुन्छ किनभने, कहाँ आएँ भन्ने प्रश्नकै उत्तर लुप्त छ ।
(अनुभवन्यास (वञ्चक) शीर्षकको पुस्तकको थालनी अंश)