देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘फर मी एभरी टाइम इज राइटिङ टाइम’

देशान्तर



कुनै बखत काठमाडौंमा एउटा जोक प्रचलित थियो । एउटा विदेशी काठमाडौं घुम्न आएछ । उसले चारैतिर घुमेर आफ्नो देशमा गएर बयान दिएछ– ‘इन नेपाल एभरी टाइम इज टी टाइम ।’
कुनै बखत यस्तो केही मात्रामा हुँदो हो पनि । मैले पनि कुनैकुनै काममा सिंहदरबार जाँदा देखेको थिएँ । मेच रित्तो, टेबुलमा टोपी, अनि मेचलाई कोट ओढ्याएर हादिम साहेब गायब । सोध्दा थाहा हुन्थ्यो– चिया खान जानुभा’छ ।’ काठमाडौंका अफिसहरूमा यो दृश्य बेलाबेलामा देखिन्थ्यो ।
विदेशीले साँच्चिकै भनेको हो कि हामीले नै त्यो, विदेशीको मुखबाट भनाएको हो, यो कहिल्यै खुलेन ।
धेरैपछि कसैले मेरो अन्तर्वार्ता लिँदा सोधेको थियो– ‘तपाईंको लेख्ने समय कुन हो ?’ त्यसबखत मैले उत्तर दिएको थिएँ– ‘कुनै विदेशीले भनेको थियो रे, इन नेपाल एभरी टाइम इज टी टाइम । म त्यसैलाई प्रयोग गर्दै भन्छु, फर मी, एभरी टाइम इज राइटिङ टाइम ।’


यो उत्तर त्यसै दिएको होइन । त्यसबखत साँच्चिकै मेरा लागि हरेक समय लेख्ने समय हुन्थ्यो जाडो छ, सिरक ओढेर लेख्थेँ । गर्मी छ, दिउँसो पंखा चलाउँदै लेख्थेँ । वीरगन्जको गर्मीमा पंखाको हावा पनि तातो हुन्थ्यो । तर त्यसतिर ध्यान हुँदैन थियो लेख्दा । साँझपख कौशीमा सबेर लेख्न रमाइलो लाग्थ्यो । उचाइ छ भने चटाइमा बसेर लेख्यो । छैन भने, कौशीको भुँइमै बसेर लेख्यो । कौशीको भुँइबाट दिनभरि सोसेको गर्मीले तातो फालिरहेको हुन्थ्यो, तर माथि अलिअलि हावा चलिरहेको आभास दिन्थ्यो । आभासी शीतलता लगभग काल्पनिक तर लेखनमा बाधा थिएन, सहायक नै हुन्थ्यो, त्यो आभासी शीतलता, भर्चुअल शीतल अनुभव ग¥यो, लेख्यो । जीवनमा आभासी सुख धेरै पाइएको छ । एकाएक राति दुई बजे निद्रा खुल्यो, निद्रा लाग्न समय लाग्ने देखियो के गर्ने ? कलम चलाउने । बाहिर पानी परिरहेको छ । साराको टिनको छानोमाथि पानी झमझम परेको चर्काे आवाज आइरहेको छ, कहिलेकाहीँ असिना पनि पर्छ, बेलाबेलामा हावाले बाछिटा हुत्यााउँदै । मेरो खाटसम्म पानाका पाना, पानीको आनन्द लिँदै लेखिरहेको हुन्छु । अहिले पनि पेय सेवन गर्नेहरूले भनेको सुन्छु, मौसमले च्यालेन्ज ग¥यो । त्यो च्यालेन्जसँग कुस्ती खेल्न ती ग्लास समाउँछन्, म कलम समाउँथेँ । त्यसो त मलाई लेख्न कुनै बहाना चाहिँदैन थियो । तै पनि मैले मौसम, चाडबाड आदिलाई लेख्नलाई बाध्य बनाउने बहाना बनाउँथेँ ।


तपाईं ठान्नुहोला, यो म छापिन थालिसकेको बेलाको कुरा गर्दै छु । प्रिय पाठक, त्यस्तो होइन । यो म त्यो बेलाको कुरा गर्दै छु जब म विधिवत् छापिएको थिइन, तर वीरगन्जको स्टेजमा हिन्दी फिल्मी गीत गाएर परिचित हुँदै थिएँ । वीरगन्जमा मेरा प्रशंसक पनि थिए । एक त त्यस बखतको वीरगन्जमा, कल्ले कल्लाई चिन्दैन थियो र ? गायक म बन्न चाहन्थेँ । लेख्नलाई कविताहरू लेख्थेँ । कुनैकुनै समारोहमा मबाट कविता पनि पढ्न लगाउँथे । तर कविता मैले कहिल्यै गाएर पढिन । एउटा लय नगाउँदा पनि हुन्थ्यो । छन्द नजाने पनि गायनले लय र राइम सिकाइ दिएको थियो । त्यसैले प्रशंसा पनि पाउँथेँ । राइम वा तुक वा यमक भन्नुस्, त्यो मेरो कवितामा हुन्थ्यो, गद्य कविता वा नजाने पनि छन्दजस्तो एउटा छन्द हुन्थ्यो नै । तर सबभन्दा बढी त भावको असर हुन्थ्यो श्रोतामा । ती आएर कहिलेकाहीँ पिठ्यूँमा स्याबासीको धाप पनि दिन्थे । तर यो बेला पनि अलिक टाढै थियो । हो गीतमा भने, १२ वर्षको उमेरदेखि मैले स्टेज पाएँ । जुन पछिसम्म चलिरह्यो । मेरो स्वर खराब थिएन । मेरो गायनका प्रशंसक थिए माने स्वर राम्रै हुँदो हो ।


एकपटक धेरैपछि मैले अखबारमा, मैले स्टेजमा गाएको पहिलो गीत कुन थियो भनेर अलमलिएको किसिमले लेखेको थिएँ । पछि पाठक प्रतिक्रियामा वीरगन्जकै श्यामसुन्दर भाइले टिप्पणी गर्दै मलाई मेरो पहिलो गीत यो हो भनेर सम्झाएका थिए । वीरगन्जको एकजना श्यामसुन्दरलाई म चिन्दथेँ । तर त्यो गीतको कुरापछि, ती भाइ, न कहिल्यै भेटिएन फोनमै कुरा भयो, यद्यपि म तिनलाई भेट्न चाहन्थेँ । भेट्न चाहने कारण एउटा अर्को पनि थियो । अझ बलियो । पछि त म आफैँ गीत लेखेर लय हालेर वीरगन्जको स्टेजमा गाउन थालेको थिएँ । ती गीतहरूको एउटा संग्रह म निकाल्न चाहन्छु । तर पूरा गीत मेरा आफ्नै भए पनि मसँग छैनन् । तर पूरा गीत मेरा आफ्नै भए पनि मसँग छैनन् । केही छन्, केही छैनन् । केहीको सम्झना छ, केहीको एक दुई पंक्ति आउँछ । त्यस्तै श्यामसुन्दर जस्ता व्यक्तिसँग मेरो गीतको कुनै ट्रेस छ कि भनेर हो । त्यस क्रममा, त्यस बखतकी एक गीत प्रेमी केटी जालपा प्रधान गीतहरू सारेर राख्थिन् । भीम विरागको गीत उनको संकलनमा थियो । मेरो पनि छ कि भनेर मैले उनको फोन नम्बर खोज्न खासगरी मसँग ऊ बेलामा सँगै गाउने, मभन्दा राम्रो आवाज भएको सुपेन्द्रबहादुर श्रेष्ठसँग भने उनको एकदिन जाल्पाको भाइबाट जालपाको नम्बर लिए । जालपाका कान्छा भाइ रहेछन् । म त एउटा भाइ देवेन्द्र प्रधानलाई चिन्दथेँ । तर उनको त निकैअघि मृत्यु भइसकेको रहेछ । अफसोच लाग्यो । जालपासँग, उनकै भाइले दिएको नम्बरमा सम्पर्क त भयो । उनको बारेमा अरू जानकारी त पाइयो तर मेरो गीत उनीसँग नभएको बताइन् । धेरै दिनपछि कलेजकी सहपाठी जालपासँग कुरा भएको त राम्रै लाग्यो, तर मेरो मिसन भने पूरा भएन ।


अब के गर्ने ? कि त बाँकी गीतलाई नै संकलित गर्नुप¥यो, कि फेरि लेख्नुप¥यो । तर उही एउटा उखान छ, फुत्केको माछो ठूलो लाग्दछ पुनर्सिर्जना भनेको बेग्लै हो, आजको परिस्थितिमा । यतिका मैले गीतबारे लेखेको त्यसै होइन । ती गीत पनि एभरी टाइम इज राइटिङ टाइमअन्तर्गत नै लेखेको हुँ । त्यस कारण यो एक अभियानजस्तै भयो, अहिले खोज्नु । हो वीरगन्जकै कवि दिनेश गुप्ताले मलाई एउटा गुन लगाए । मैले लेखेको एक भोजपुरी गीत छ मेरो । पठाइदिए । ज्वाला फिल्ममा दुइटा भोजपुरी ती छ मेरो । त्यो पनि खोज्न सघाउँछु भनेका छन् । पाठकहरूलाई जिज्ञासा होला, यो समयमा मैले गाइन अर्थात् कथा, उपन्यास वा लेखलेखे कि लेखिन ? गीत, कविता भन्दा त अझ गद्यमै त्यस्तो भएको छ, ‘पानी प¥यो लेख्न बस्यो’ ओसारामा पानी पस्यो, खाटमाथि लेख्न बस्यो । यसबारे अर्काे पटक लेखुँला । तर मेरो यो कुरा ‘फर मी एभरी टाइम इज राइटिङ टाइम’ भयो कि भएन । तर अहिले भने स्थिति सर्वत्र परिचित छ ।