इन्डोनेसिया । इन्डोनेसियाको सुलावेसी टापुको तटमा बुधबार भूकम्प गएको छ । अमेरिकाको भूगर्भीय सर्वेक्षणका अनुसार बुधबार इन्डोनेसियाको सुलावेसी टापुको तटमा ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
कुनै पनि प्रकारको क्षतिको विवरण आइसकेको छैन । संयुक्त राज्य भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रबिन्दु सुलावेसी प्रान्तनजिकै १० किलोमिटर गहिराइमा थियो ।
इन्डोनेसिया ‘रिङ अफ फायर’ क्षेत्रमा अवस्थित छ, जहाँ टेक्टोनिक प्लेटहरूको चालका कारण भूकम्प गइरहन्छ । जनवरी २०२१ मा सुलावेसीमा ६.२ म्याग्निच्युडको भूकम्प जाँदा १०० भन्दा बढी जनाको मृत्यु भएको थियो भने हजारौँ घरबारविहीन भएका थिए ।
२०१८ मा सुलावेसीको पालुमा ७.५ म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीमा २,२०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।
२००४ मा आचे प्रान्तमा ९.१ म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीमा १ लाख ७० हजारभन्दा बढी मानिसको ज्यान लिएको थियो ।
प्रतिक्रिया