देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शिक्षक महासङ्घको आन्दोलन यथावत्

देशान्तर

काठमाडौं – नेपाल शिक्षक महासङ्घले जारी आन्दोलनलाई निरन्तरता दिने घोषणा गरेको छ। महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले सामाजिक सञ्जालमार्फत आन्दोलन जारी राख्ने जानकारी दिएका हुन्।

सरकारले मंगलबार राति बजेट अधिवेशन आह्वान गर्दै सङ्घीय संसद्मा विचाराधीन ‘विद्यालय शिक्षा विधेयक’ यथासक्य पारित गर्ने निर्णय गरेको थियो। यससँगै शिक्षक आन्दोलनलाई अन्त्य गर्न आग्रह पनि गरिएको थियो।

तर महासङ्घले आफ्ना मागप्रति सरकार अझै अनुदार रहेको निष्कर्ष निकाल्दै आन्दोलन यथावत् राख्ने निर्णय गरेको हो।

अध्यक्ष सुवेदीले भनेका छन्, “देशभरिका सबै साथीहरू, आन्दोलनको यो निर्णायक घडीमा हामी तपाईंलाई काठमाडौँको आन्दोलनको मोर्चामा पर्खिरहेका छौँ। यो आन्दोलनले तपाईंको सक्रिय सहभागिता खोजिरहेको छ। तुरुन्तै काठमाडौँ आइपुग्नुहोला।”