काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित १४ जनाविरुद्धको पूरक अभियोजनका निम्ति अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइएको प्रतिवेदनमा लामिछानेसहित गोर्खा मिडियाका तत्कालीन सञ्चालक एवं पूर्वडीआईजी छविलाल जोशी, तत्कालीन अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र रामबहादुर खनालविरुद्ध संगठित अपराधमा मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ ।
भरतपुरस्थित सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको कुल ३८ करोड नौ लाख ७९ हजार रुपैयाँ बचत अपचलन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । लामिछानेसहितका प्रतिवादीबाट पाँच करोड ७९ लाख ८३ हजार रुपैयाँ दुरुपयोग भएको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया