काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध अदालतको अवहेलना निवेदन दर्ता भएको छ । त्रिपाठीविरुद्ध शुक्रबार अवहेलना मुद्दा दर्ता भएको हो ।
आफूमाथि भएको आक्रमणको विषयमा मिडियामा बोल्ने क्रममा न्यायाधीशविरुद्ध समेत प्रश्न उठाउने अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध उदयपुरका दिलबहादुर राईले अदालतको अवहेलना मुद्दा दर्ता गरेका हुन् ।
निवेदनमा जानीजानी अदालत तथा माननीय न्यायाधीशको अपमान हुने गरी दिएको अभिव्यक्ति अक्षम्य अपराधजन्य कार्य भएको भन्दै झिकाई बयान गराई तारिखमा बस्नुपर्ने, वारेस समेत राख्न नपाउने गरी आदेश गरी हदैसम्मको सजाय माग गरिएको छ ।
प्रतिक्रिया