यी पात्रहरूको नसा
कस्तो नसा यो सधैँ लागिरहने
घान जति हाले पनि कहिले नअघाउने
पार्टपुर्जा बदल्दै चलिरहेको मेसिन
यो तालमा काल रहेसम्म बाँकी सब कंगाल हुँदै जाने
सेक्सपियरले भनेजस्तै –
‘आक्रोशले भरिएको लट्ठुहरूको यो व्यर्थको कथा’
तिनको भोजन अभियानमा हामी घुनसरह पिसिइरहेका
डाँडामाथिको जुन
बनेर हिँड्ने फुर्सद कहाँ ?
हावासँग कावा खाएर भ्याउनुपर्ने
तार जोडाएर वारपार
मिठो ‘सेल’ खाएसँगै आएको आइडिया
पियारीको खातिर कम्बोडिया
योग साधना – होली वाइनबाट एंकरवाटको
सडक सफा गर्न समेत पुग्ने भनिएको पानी
दशकौँ बित्यो –
कतिको घर बन्यो, ऐश्वर्य बढ्यो
लुटपाटको असर काठमाडौं भासिने जोखिममा प¥यो
तर पिउनलाई सम्म पानी आएन
संविधान संशोधन गर्न बनेको सरकार जस्तो
न प्रशोधित पानी, न संशोधित संविधान
चनाखा आँखाहरू केवल राज्य सम्पत्ति बाँडचुँडमा
सुशासनको नाममा थालिने प्रत्येक गडबडीजस्तै
यसपालिको हडबडी
नदीका किनारा, निकुञ्जका जमिनहरूमा
मिसन ८४ को जोहो गर्न
यसमा व्यवधान पु¥याउने कानुन पो संशोधन भो
नाम खातिर – सुशासनको
त्यो पनि संसद् छलेर आएको अध्यादेशबाट
मट्टीचरोहरूबीच राडो हुन नदिन
सिमाना भाग लगाएछन्
बल्ल रातो बत्ती हरियो भयो
एउटै मात्र एजेन्डा ‘विकास’ बोकेकाको बाह्र मज्जा
‘यति’का रोकिएका पाइलाहरू
बाह्रै निकुञ्जमा फैलिने भए
नोट र भोटको चोट फेरि बेहोर्नुपर्ने भयो
हनुमानगिरी गर्दा चुहिएको ¥याल
गालामा झरेर ¥याल्लब्याल्ल
सधैँ आँखाले खोज्ने आशीर्वादको पौरख
साँढे बनेर चर्न वारपार
भत्काउँदै पुर्खाले लगाएका बारहरू
मुलुकको बाँच्ने आधारहरू
मालिकको प्रतिस्पर्धात्मक आशीर्वाद लिएर
ठेकेदारलाई नयाँ नेपालको पार्टनर बनाएर
विगतको ऐतिहासिक रहलपहलमा
जेल, युद्ध र संघर्षको रामनामी ओढेर
कुबेरले गर्न नसकेको सुखसयलमा
समाजवादी यात्राका यी दिग्दर्शकहरू
आरती स्याउली खोज्ने आँखाहरू फैलाएर
थोतर स्यालले सिंह बनेर गर्जेको सुन्दा
एउटै एजेन्डा विकासको भनेर
लुट्ने एजेन्डाले
यो शान्त सुन्दर मुलुक अब त चरीघाँटीमा पुगिसक्यो
ढुँर्यालकानो अझै देवता बनेको
१८० डिग्री, होइन, २७० डिग्री पल्टा खान सक्ने
रातको अँध्यारो जति घनीभूत भयो त्यति सक्रिय हुने
तर्साउन सक्ने भयंकर आवाज निकालेर
खतरनाक ढुँर्यालकानोसरह यी
अनुबन्धित गाडी हाँक्दा दिउँसोको सूर्यकपाली टनटन
तर विशुद्धचारी अवतारमा जनलाई अन्तरिक्ष उडाउनुपर्ने
रातमा बल्ल निशाचरीय आनन्द
त्यसमा बनेका अभिछिन्नताको तारतम्यहरू
दिन र रात अलग–अलग भएजस्तै
रामरहिमले जस्तो दुई मान्छेको जीवन जिउने
आशीर्वाद – प्रतिस्पर्धात्मक विदेशी मालिकको
साधना – होली वाइनको
निर्वाण – एंकरवाटको
भोट – हामी नेपालीको
प्रतिक्रिया