काठमाडौं । ‘एपिक नेपाल म्युजिक अवार्ड–२०८१’ को पाँचौं संस्करणका लागि उत्कृष्ट ५ को मनोनयनसूची सार्वजनिक भएको छ । एपिक नेपाली म्युजिक प्रालिको आयोजनामा ३२ विधाको मनोनयनसूची सार्वजनिक गरिएको हो ।
अवार्ड वितरणका संयोजक राजेन्द्र पुरीले मध्यपुर थिमी नगरपालिका–२, भक्तपुरमा अवार्ड वितरण कार्यक्रम गरिने जानकारी दिए । विशेषगरी, देशभित्रका विभिन्न पुरातात्विक वस्तु, विविध संस्कृति जगेर्ना गर्ने उद्देश्यले आयोजना हुँदै आएको अवार्ड कार्यक्रमको वितरण मिति चाडै नै तय गरिने छ ।
अवार्डका लागि नेपाली लोकगीत, आधुनिक गीत, चलचित्र गीतसँगै काँठे, नेवारी र देउडाका सर्जक कलाकार विभिन्न विधामा मनोनयनमा परेका छन् । मनोनयनमा परेकाहरुको सूची आयोजक संस्था एपिक नेपालको फेसबुक पेजमा राखेको छ ।
प्रतिक्रिया