काठमाडौं । नेपाली कांग्रेस बरिष्ठ नेता डा. शेखर कोइरालाले १५औँ महाधिवेशनको तयारी स्वरुप भोलि (शुक्रबार) बाट अभियान थाल्ने भएका छन् । यसका लागि उनि सभापती शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिम प्रदेशको मुकाम धनगढी जादै छन् ।
धनगढीमा नौ जिल्लाका कार्यकर्तासँग भेटघाट र पार्टीका विभिन्न कार्यक्रममा उनले सम्बोधन गर्ने तालिका छ । शुक्रबार नौवटै जिल्लाका कार्यकर्तासँग छुट्टाछुट्टै भेट गरी उनले अभियानलाई जिल्ला तहमै सुरु गर्न आह्वान गर्नेछन् ।
शनिबार कोइरालाले भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिसँग भेटघाट गर्नेछन् । शनिबार दिउँसो उनले प्रजातान्त्रिक सेनानी संघको प्रथम प्रदेश अधिवेशनको उद्घाटन र सम्बोधन गर्नेछन् । उनले त्यहाँ स्थानीय तहका जनप्रतिनिधिसँग पछि अन्तक्रिया गर्ने तयारी गरेका छन् ।
डा. कोइरालासँग कांग्रेसका नेताहरु हृदयराम थानी, डा. गोविन्दराज पोखरेलसहितका केहि नेताहरू त्यहाँ जाने कोइरालाको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया