धनगढी । नेपाली काँग्रेसको महाधिवेशन आउन एक बर्ष बाँकी रहँदा नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला महाधिवेशनको तयारीमा लागेका छन् ।
महाधिवेशन आउन एक बर्ष मात्र बाँकी रहेकाले आफू महाधिवेशनको तयारीमा लागेको उनले बताएका छन् । सुदूरपश्चिमका नेता तथा कार्यकर्ताहरुसँग भेटघाट गर्न शुक्रबार धनगढी पुगेका कोइरालाले पत्रकारहरुसँग कुराकानी गर्दै आगामी १५ औं महाधिवेशनमा आफू सभापतिको स्वभाविक दाबेदार भएको पनि बताए ।
उनले पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापासँग आफ्नो कुनै असमझदारी नभएको पनि स्पष्ट पारे । उनले अहिलेको सरकारलाई असफल हुने कुनै छूट नभएको पनि बताए । उनले सरकारलाई जनपक्षीय काम गर्न पनि सुझाव दिए ।
प्रतिक्रिया