काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने हिरासत कक्षमा सुतिरहेको भनेर सार्वजनिक भएको तस्बिरबारे प्रहरीले छानबिन थालेको छ । कास्की प्रहरीले यो विषयमा अनुसन्धान भइरहेको बताएको छ ।
रास्वपा सह–कोषाध्यक्ष दीपक बोहोराले सो तस्बिर रविकै भएको र टेबुलमा रहेको किताब कुरान नभएर फरिद जाकरिया आर्ट अफ लिभिङ भएको बताएका छन् । सीसीटिभीको उक्त तस्बिर प्रहरीले नै कसैलाई पठाएको दाबी गर्दै उक्त तस्बिर कुन उद्देश्यका लागि सार्वजनिक गरियो भन्दै प्रश्न गरेका छन् ।
उक्त फोटो केही दिनअघि डा. निकोलश भुसाल नामक फेसबुक आइडीबाट पोष्ट भएको थियो । उनले अहिले डिलिट गरिसकेका छन् । रास्वपा समर्थक डा. भुसालले पनि आफूले खिचेको स्वीकार गरेका छन् । उनले फेसबुकमा लेखेका छन् “यो फोटो रियल हो, मैले नै खिचेको हो । गल्ती भएको हो, माफी चाहन्छु । मबाट कसैलाई दोष लगाउने या खराब नियत थिएन, भ्रममा नपर्न अनुरोध । म स्वस्थ्य अवस्था बुझन र हौसला प्रदान गर्न गएको थिएँ,“।
प्रतिक्रिया