काठमाडौं– नेकपा ९एकीकृत समाजवादी० लाई नेताहरुको जिम्मेवारी तोक्न निकै सकस परेको छ । मंसिर २६ गतेदेखि पार्टीको मुख्यालय, आलोकनगरमा स्थायी समितिको बैठक जारी छ तर नेताहरुको जिम्मेवारी भने अझै तोक्न सकेको छैन ।
सम्भवतः मंगलबारको बैठकमा नेताहरूको जिम्मेवारी तोकिने नेताहरुले बताएका छन् । बैठकले तत्काल कुनै पनि कम्युनिष्ट पार्टीसँग एकता नगर्ने निर्णय गरेको बताइएको छ ।
राष्ट्रिय एजेण्डाहरूमा सहकार्यको सम्भावना रहेको छ तर तत्काल पार्टी एकताको सम्भावना नरहेको निष्कर्षमा पार्टी पुगेको छ । मंगलबारको बैठकमा पार्टीको सुदृढीकरण, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौती लगायतका विषयबारे छलफल भई निर्णय हुने एकीकृत समाजवादीका नेताहरुले बताएका छन् ।
प्रतिक्रिया