देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बालेनलाई प्रधानमन्त्रीको व्यंग्य : नगर प्रहरीको काम गरिब लखेट्ने होइन

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नगर प्रहरीको काम गरिब लखेट्ने नभएको बताएका छन् । ललितपुर महानगरपालिकाको १०६औँ स्थापना दिवस कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै उनले काठमाडौं महानगरपालिकाका नगर प्रहरीले सडकमा आतंक मच्चाएको बताए ।

काठमाडौंका नगर प्रहरीले ठेला, साइकल र गाडामा सब्जी, अन्य उपभोग्य सामान बेच्नेलाई लखेट्ने गरेको सन्दर्भ जोड्दै उनले ललितपुरमा त्यस्तो नभएको उल्लेख गरे ।

‘‘ललितपुर नगर प्रहरीलाई सम्मानित गरेकोमा खुसी लागेको छ । कम्तीमा ललितपुर नगर प्रहरीले गुर्रर जीपमा कुदेर, अर्कै लोकबाट झरे जस्तो गरेर पिर्रपिर्र सिट्ठी बजाउँदै आतंक मच्चाउँदै, ठेला फाल्दै, गरिबका तरकारी र टमाटर फाल्दै हिँडेको मैले देखेको छैन । नगरप्रहरीलाई धन्यवाद’, उनले भने, ‘नगर प्रहरी आतंकको पर्याय होइन, नगरबासीको रक्षक हुनुपर्छ ।’

उनले काठमाडौंमा नगर प्रहरीले सडकमा आतंक मच्चाएको सन्दर्भ कोट्याउँदै कता भागौँ भन्ने अवस्थामा जनतामा हुन नहुने बताए । ‘नगर प्रहरी देख्नेबित्तिकै आयो–आयो कता भागौँ ? के गरौँ भन्ने हुनुहुँदैन’, उनले भने, ‘नगर प्रहरी देखेर जनता तर्सिने अवस्था कम्तीमा ललितपुरमा चाहिँ नहोस् ।’