काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पाँचदिने औपचारिक भ्रमणका लागि दक्षिण कोरिया प्रस्थान गरेका छन् । मन्त्री भण्डारी आज औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् ।
नेपाल र दक्षिण कोरियासँग कूटनीतिक मैत्रीपूर्ण सम्बन्ध भएको ५० वर्ष पूरा भएका अवसरमा विभिन्न सम्झौता गर्न मन्त्री भण्डारी दक्षिण कोरिया प्रस्थान गरेको उनकोे सचिवालयले जनाएको छ ।
मन्त्री भण्डारी र दक्षिण कोरियाका राज्यमन्त्रीबीच ट्रेडिङ इन्भेस्टमेन्टसम्बन्धी एमओयु सम्झौता गरिने जनाइएको छ । कोरियामा रहेका लगानीकर्तालाई नेपालमा लगानी भित्र्याउने विषयमासमेत छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया