काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले बीआरआईमा भएको सम्झौताबारे बोल्दै नेपाललाई कसैको ऋणको पासोमा पार्न काङ्ग्रेसले नदिने बताएका छन् । काङ्ग्रेसको कोशी प्रदेशको पहिलो सम्मेलनलाई सम्बोधन गर्दे उनले भारत, चीन, अमेरिका, युरोपसँग राम्रो सम्बन्ध राख्न चाहेको भन्दै कसैको गठबन्धनमा नजाने बताए ।
उनले नागरिकहरूले अहिले भ्रष्टाचार, कुशासनको जन्जिरबाट निकाल्नुपर्छ भनिरहेको बताउँदै काङ्ग्रेस एमाले गठबन्धनले त्यो गर्ने विश्वास व्यक्त गरे ।
उनले सार्वजनिक संस्थाको अपचलन गर्ने जो कोही कारबाहीको दायरामा आउनुपर्ने पनि बताए । महामन्त्री थापाले निर्वाचनमा काङ्ग्रेसले हारेको भन्ने कुरा सत्य नभएको पनि बताए ।
प्रतिक्रिया