देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सबै दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्ने

देशान्तर


काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सबै राजनीतिक दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान सरकार गठनका बेला भएको सहमतिअनुसार संविधान संशोधन हुनुपर्ने बताए । उनले भने “नेपाली कांग्रेस र नेकपा (एमाले)ले मात्रै संविधान संशोधन गरेर हुँदैन ।” फरक प्रसङ्गमा उनले वर्तमान सरकार परिवर्तन नहुने पनि बताए ।


सुशासन कायम गर्न सबैको सक्रिय सहयोग अपरिहार्य भएकामा नेता कोइरालाले जोड दिए । विआरआईसम्बन्धी चीन र नेपालबीचको सम्झौता ऋण नभई अनुदान हुने कोइरालाको भनाई छ ।