काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमवार बस्ने भएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मंसिर २४ गते बिहान ९ बजे सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने छ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि आमन्त्रण गरिसकिएको छ । बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको बीआरआई फ्रेमवर्क सम्झौताबारे विशेष छलफल हुनेछ ।
प्रतिक्रिया