काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई हराएको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा लुम्बिनीले प्रस्तुत गरेको १९२ रनको लक्ष्य विराटनगरले १९.५ ओभरमा आठ विकेट गुमाएर पूरा गरेको हो । विराटनगरको जितमा उत्कृष्ट ब्याटिङ गरेका लोकेश बमले ७१ रन बनाए । उनले ४७ बलमा तीन चौका र ६ छक्का प्रहार गरे ।
अन्तिमसम्म अविजित रहेका क्रिस सोलले चार बलमा दुई चौका र एक छक्कासहित १४ रन बनाए । उनीसँग अविजित रहेका दीपक बोहराले आठ बलमा नौ रन जोडे । इस्मात आलम शून्यमै पभेलियन फर्किए ।
प्रतिश जिसीले तीन बलमा एक छक्का हाने । लुम्बिनीका दुर्गेश गुप्ताले तीन विकेट लिए । रेमन सिमोन्ड्स र साद बिन जफरको नाममा समान दुई विकेट रह्यो । विवेक यादवले एक विकेट लिए ।
प्रतिक्रिया