काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक शुक्रवार काठमाडौं आउने भएका छन् । उनी २१ गते बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छन् । विहीबारदेखि भारतको औपचारिक भ्रमणमा निस्किने उनी ट्रान्जिटका लागि केही घण्टा काठमाडौं विमानस्थलमा रोकिने भएपछि काठमाडौंमा आवश्यक सुरक्षा तयारी अघि बढाइएको छ । उनको सुरक्षाका लागि नेपाली सेनाले अभ्यास समेत गरेको छ । उनी एक घण्टा नेपालमा रहे पनि कसैसँग औपचारिक भेटघाटको कार्यक्रम नरहेको जनाइएको छ ।
भुटानी राजा जिग्मेको भ्रमणबारे भारतको विदेश मन्त्रालयले औपचारिक घोषणा गरिसकेको छ । भटानी राजा जिग्मे र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिच भेटवार्ता हुने तय भइसकेको छ ।
उनले त्यहाँका विदेश मन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गर्ने बताइएको छ । भुटानी राजा जिग्मे शुक्रवार स्वदेश फर्किनेछन् । भारत भ्रमण सकेपछि उनी काठमाडौंमा केहीबेर बिताएर फर्किने बताइएको छ ।
प्रतिक्रिया