काठमाडौं । चितवनमा सहारा सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा बयानका निम्ति लगिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका समर्थक र प्रहरीबीच बुधबार चितवनमा झडप भएको छ । लामिछानेलाई रिहा गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।
झडपका क्रममा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् । प्रदर्शनकारीलाई रोक्न प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो ।
प्रतिक्रिया