काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बुधबारदेखि लागू हुने गरी आन्तरिक तर्फको हवाई भाडा बढाएको छ ।
क्यानका अनुसार नेपाल आयल निगमले मंसिर १५ गते हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएसँगै आन्तरिक हवाई भाडा वृद्धि भएको हो ।
विराटनगर–धनगढीको भाडा १२५ रुपैयाँले बढ्दा काठमाडौँ–धनगढीको भाडा ९० रुपैयाँले बढेको छ । पोखरा–भद्रपुरको भाडा ८० रुपैयाँले बढेको छ ।
त्यस्तै, विराटनगर–भैरहवा ८० रुपैयाँ, काठमाडौँ–सिमराको भाडा १५ रुपैयाँ, काठमाडौँ–विराटनगर ५० रुपैयाँ, काठमाडौँ–पोखरा ३० र काठमाडौँ–भैरहवा ४० रुपैयाँले भाडा बढेको क्यानले जनाएको छ ।
प्रतिक्रिया