देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रवि लामिछानेलाई बयानका निम्ति चितवन लगियो

देशान्तर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका निम्ति चितवन लगिएको छ । उनलाई मंगलबार काठमाडौंबाट चितवन पु¥याइएलगत्तै बयानका निम्ति जिल्ला सरकारी वकिल कार्यालयमा लगिएको छ । चितवनमा सहारा सहकारीको रकम अपचलन गरेको आरोपमा बयानका निम्ति लामिछानेलाई त्यहाँ लगिएको हो ।


उक्त सहकारीबाट ४२ करोड रुपैयाँ पाँच कम्पनीमा लगिएको प्रहरीले जनाएको छ । हिनामिना भएको रकममध्ये १० करोड ८० लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको देखिएको प्रहरीले जनाएको छ । लामिछानेलाई चितवन पु¥याइदा सुरक्षाका निम्ति भरतपुर विमानस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।