इजरायल र लेबनानबीच युद्ध अन्त्य गर्ने सहमति भएको छ । योसँगै दुई महिनादेखि भएको इसराइल र हिजबुल्लाहबीचको युद्ध रोकिएको छ।
इजरायलले बुधबार बिहान स्थानीय समयअनुसार ४ बजेदेखि युद्धवरिामको सहमति कार्यान्वयन हुने भनेको समाचार संस्था सिएनएनले जनाएको छ। १३ महिना लामो सीमा द्वन्द्व अन्त्य गर्न अमेरिकी समर्थित प्रस्तावलाई मंगलबार यी देशले स्वीकार गरेका हुन्।
इजरालाइले मंगलबार नै लेबनानको राजधानी बेरूतनजिक दक्षिणी क्षेत्रलाई निशाना बनाएर बमबारी गरेको थियो। मंगलबारको बमबारीलाई युद्ध सुरु भएयताकै सबैभन्दा भारी बमबारी हो । आक्रमणमा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ।
इजरायल र हिजबुल्लाहबीचको युद्धको दुई महिनाको अवधिमा लेबनानमा हजारौंले ज्यान गुमाएका छन्। सोमबार एकैदिन ५५ जनाको मृत्यु भएको थियो।
अमेरिकी राष्ट्रपति जो बाइडेनले लेबननमा युद्धविरामको पहल गरेका थिए। युद्धविरामको सहमतिपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले राष्ट्रपति बाइडेनलाई फोन गरी धन्यवाद दिएको सिएनएनले जनाएको छ ।
प्रतिक्रिया