काठमाडौं । महाशिवरात्रीको अवसरमा तीन दिन पहिले सार्वजनिक भएको हर हर महादेव बोलको शिव भजनको भिडियो युट्युवको म्युजिक सेक्सनमा ट्रेण्डिङ नम्बर ३०मा आएको छ ।
यो खवर तयार पार्दा सम्म भिडियोले १ लाख ४५ हजार भ्यूज पाउको छ भने ११ हजार लाईक पाएको छ । भिडियोमा गायक चक्र बम सहित गीता ढुंगाना , दिपा शाही ,कविता न्यौपाने ,प्रमिला जैशीलगायत फिचर्ड छन् । बिक्रम चौहानको कोरियो ग्राफी र निर्देशन रहेको भिडियोमा राजाराम सिम्खडाले सह कोरियोग्राफी गरेका छन् ।
भिडियोलाई प्रकाश खड्काले खिचेका हुन भने मिलन विश्वकर्माले भिडियो सम्पादन र रंङग संयोजन गरेका हुन् । कञ्चनसिंह बमले उत्पादन गरेको अडियो भिडियोमा गायक बमको स्वर शब्द र संगीत रहेको छ । महिला स्वरमा एलिना चौहानले बमलाई साथ दिएकी छन् । भने समूह गायनमा सुनिल नेपाल र पबेन्द्र सुनारले साथ दिएका छन् । गीतको केहि भागको शब्द प्रसिद्ध गीतकार लोकराज अधिकारीले लेखन र संकलन गरेका हुन् ।
प्रतिक्रिया