काठमाडौँ । सातौं संस्करणको ‘मिस्टर एण्ड मिस लिटिल कोशी’ को उपाधि ‘मिस’ तर्फ धरानकी उपासना रमदाम र मिस्टर’ तर्फ विराटनगरका ओसियन जंग थापा ले जितेका छन् । विराटनगरमा भएको फाइनलमा उनीहरुले उपाधिसहित जनही ३० हजार रुपैंयाँ र विभिन्न पुरस्कार प्राप्त गरे।
जय मिडिया म्यानेजमेन्टको आयोजनामा भएको प्रतियोगितामा ‘मिस्टर’ तर्फ विराटनगरका असिम तिम्सिना ‘फस्ट रनर अप’, विराटनगरका आरोहण पोखरेल ‘सेकेण्ड रनर अप’, इटहरीका अर्मान जिमी ‘थर्ड रनर अप’, धरानका संगीत धमला ‘फोर्थ रनर अप’, विराटनगरका श्रीयांश थापा ‘फिफ्थ रनर अप’, विराटनगरका उनय राई ‘सिक्स्थ रनर अप’ र विराटनगरका आरभ राजवंशी ‘अर्गनाइजर्स च्वाईस विनर’ भए।
त्यस्तै ‘मिस’ तर्फ विराटनगरकी स्मारिका दंगाल ‘फस्ट रनर अप’, विराटनगरकी रियांशा सापकोटा ‘सेकेण्ड रनर अप’, विराटनगरकी ग्रेसी कार्की ‘थर्ड रनर अप’, विराटनगरकी इशानी ढकाल ‘फोर्थ रनर अप’, विराटनगरकी जिज्ञासा निरौला ‘फिफ्थ रनर अप’, इटहरीकी निश्चिता लुंगेली ‘सिक्स्थ रनर अप’ र विराटनगरकी इशानी ढकाल ‘अर्गनाइजर्स च्वाई विनर’ घोषित भए।
विजेता तथा उपविजेतालाई कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राई, नेपाली काँग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता, कोशी प्रदेशको खेलकुद मन्त्रालयका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम बस्नेत), नेकपा एमाले विराटनगर महानगर कमिटिका अध्यक्ष रोहित कोइरालाले पुरस्कार प्रदान गरेका थिए।
प्रतिक्रिया